काठमाडौं, चैत्र ७
विना कसुर ४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) जेलमुक्त हुनु भएको छ । जेलबाट निस्कने वित्तिकै उहाको पहिलो प्रतिक्रिया थियो, ‘म निर्दोष थिएँ ।’
भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा रहनु भएका उहाँ कोलकाता उच्च अदालतको आदेशबमोजिम शनिवार दिउसो छुट्नु भएको हो । शारीरिक र मानसिक रुपमा कमजोर दुर्गाप्रसाद आइतबार नेपाल आइपुग्नु हुनेछ ।
कोलकाता उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार उनलाई छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि भाइ प्रकाशचन्द्र सहयोगी संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतसहित कोलकाता पुगेका थिए । तर, आदेशमा क्षतिपूर्तिका विषयमा भने केही पनि भनिएको छैन ।













प्रतिक्रिया दिनुहोस्