काठमाडौं, बैशाख १८
नेकपा (एमाले) का बरिष्ठ नेता झलनाथ खनाल अस्पतालमा भर्ना हुनुभएको छ । उहाँलाई कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको छ। केही समयअघि पखाला लागेपछि मनमोहन अस्पताल भर्ना हुनुभएको उहाँको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि भएसँगै केहीबेर अगाडि उहाँलाई मनमोहनबाट हाल नर्भिक अस्पताल ल्याइएको छ।













प्रतिक्रिया दिनुहोस्