जनता टाइम्स

३० बैशाख २०७८, बिहीबार ११:१८

एमाले एकजुट बनाउन अध्यक्ष ओलीको बोल्ड निर्णय : माधवसहित चार नेतामाथिको कार्वाही फुकुवा


काठमाडौं, बैशाख ३० । नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएका चारै जना नेताको कार्वाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुमोदन गर्दै नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कार्वाही फुकुवा गरेको हो ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिनुभएको समयको अन्तिम दिन प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बसेको हो । बैठकले स्पष्टिकरण सोधिएका नेताहरुको कार्वाही फुकुवा गरेको हो । एमाले स्थायी कमिटीको यो निर्णयसँगै एमालेमा एकताको ढोका अघि बढेको छ ।