जनता टाइम्स

५ जेष्ठ २०७८, बुधबार १७:५९

शपथग्रहणमा आएनन नवनियुक्त खेलकुदमन्त्री दिपक मनाङ्गे


पोखरा, जेठ ५ । गण्की प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुभएका राजीव गुरुङ अर्थात दिपक मनाङ्गे शपथग्रहण समारोहमा अनुपस्थित हनुभएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज मनाङ्गेलाई पुन खेलकुदमन्त्री नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री कार्यालयबाट मन्त्रीको शपथका लागि जानकारी गराइएको भएपनि काठमाडौंमा रहेको कारण उहाँ शपथग्रहणमा उपस्थित हुन सक्नुभएन । आफू कामको सिलसिलामा काठमाडौंमा रहेका सांसद मनाङेले आज शपथग्रहण गर्न नभ्याउने जानकारी मनाङ्गेले मुख्यमन्त्री गुरुङलाई गराउनु भएको सचिवालयले जनाएको छ ।

मनाङमा कोरोनाको संक्रमण बढ्न थालेको र जिल्लामा अक्सिजनको अभाव भएकाले सिलिण्डर व्यवस्थापनका लागि मनाङ्गे काठमाडौं जानुभएको हो ।