जनता टाइम्स

२३ जेष्ठ २०७८, आईतवार १०:२३

संबैधानिक इजलाशमा कांग्रेस-माओवादीका प्रवक्ता


काठमाडौं, जेठ २३ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका सन्दर्भमा परेका अलग अलग रिटहरुमाथिको सनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन गर्नुभएको छ । प्रधानन्यायाधीश जबराको अध्यक्षताको इजलासमा अब बरिष्ठताका आधारमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहनुभएको छ । रिटहरुमाथि आजैबाट सुनुवाई हुनेछ ।

यसअघि गठित इजलासका दुई न्यायाधीशमाथि विपक्षी गठबन्धका वकिलले प्रश्न उठाएपछि विवाद भएको थियो । इजलासमा रहेका दुई न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलास छाडेर हिडेपछि प्रधान न्यायाधीशले इजलास पुनर्गठन गर्नुभएको हो । न्यायाधीश कार्की र भट्टराईले यसअघिको इजलाशमा कांग्रेस र माओवादीको बिरुद्ध जान नसक्ने आसयको मत सुनाएर बाहिरिनु भएको थियो । एक पक्षमा उभिएका न्यायाधीशलाई इजलासमा राखेपछि अव संबिधान भन्दा पार्टीको निर्देशनअनुसार फैसला आउने संभावना बढेको आशंका गरिएको छ ।