जनता टाइम्स

२९ जेष्ठ २०७८, शनिबार १७:४६

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त


पोखरा, जेठ २९ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको रुपमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले समेत दावी पेश गरे पनि प्रदेश प्रमुख पौडेलले प्रदेशसभामा बहुमत जुटाउन सक्ने आधार पोखरेलको देखिएको कारण मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।