काठमाडौं, जेठ ३०
१६ औं संस्करणको युरोकप फुटबलमा अहिले इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा भईरहेको छ । लण्डनस्थित वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको खेल सकिदा इंग्ल्यान्ड र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन् । समूह डीमा रहेको इंग्ल्यान्ड र क्रोएसिया आज जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छन् ।
इंग्ल्यान्ड सन् १९६६ पछि प्रमुख प्रतियोगिताको फाइनलमा पुग्न सकेको छैन । १९६६ मा इंग्ल्यान्डले फिफा विश्वकपको उपाधि जितेको थियो । क्रोएसिया भने सन् २०१८ को विश्वकपमा फाइनल पुगेको थियो । क्रोएसिया यस युरोमा विश्वकपको प्रदर्शन कायमलाई राख्न चाहन्छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्