काठमाडौं, जेठ ३०
इंग्ल्यान्डले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । लण्डनमा अहिले भएको खेलमा क्रोएसियालाई १–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो । वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा स्ट्रर्लिङले निर्णायक गोल गरे । उनले काल्भिन फिलिप्सको पासमा गोल गरेका हुन् । त्यसअघि पहिलो हाफको छैटौं मिनेटमा फिल फोडेनको प्रहार पोस्टमा लागेर फर्किदा इंग्ल्यान्ड अग्रता बनाउन चुकेको थियो । क्रोएसियाले पनि केहि गोलको अवसर पाएको थियो ।

तर, सदुपयोग गर्न नसक्दा क्रोएसियाले हारबाट प्रतियोगिताको सुरुवात गर्नु परेको छ । यस जितसँगै समूह डी को इंग्ल्यान्डले महत्वपूर्ण ३ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । विश्वकप उपविजेता समेत रहेको क्रोएसिया समूहको पुछारमा रहेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्