काठमाडौं, असार ३
नेपालमा पछिल्लो २४ घण्टामा २१ सय ४१ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजको यस तथ्यांकसँगै नेपालमा हालसम्म ५ लाख ४५ हजार ६६२ जनाले कोरोनालाई जितेका छन् । गएको २४ घण्टामा कोरोनाबाट ३९ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ९७ पुगेको मन्त्रालयले जनाएको छ ।
आज १२ हजार ४८४ जनाको स्वाव परीक्षण गर्दा २,६०७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७११ पीसीआर गर्दा १७६८ र ४ हजार ७७३ जनाको एन्टीजेन गर्दा ८३९ जनालाई पोजेटिभ देखिएको हो । त्यस्तै काठमाडौं उपत्यकामा ५७० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४१३, भक्तपुरमा ३६ र ललितपुरमा १२१ जनालाई संक्रमण पुष्टि भएको हो ।













प्रतिक्रिया दिनुहोस्