जनता टाइम्स

१४ असार २०७८, सोमबार २०:३१

ए डिभिजन लिग असोज पहिलो सातादेखि


काठमाडौं, असार १४

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग आगामी असोज ३ गतेदेखि गर्ने निर्णय गरेको छ । एन्फाले आज १४ वटा क्लबका पदाधिकारीहरुसितको छलफलपछि लिगका लागि मिति तय गरेको हो ।

लिगका लागि आगामी साउन ५ गतेदेखि खेलाडी दर्ता खुला गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।

गत वर्ष कोरोना भाइरसको महामारीका कारण ए डिभिजन लिग हुन सकेको थिएन । कोरोनाकै कारण एन्फाले आफ्नो क्यालेण्डर अनुसार खेल गतिविधि अगाडि बढाउन सकिरहेको थिएन ।