जनता टाइम्स

३१ असार २०७८, बिहीबार १९:०७

यूनियन लाइफको आईपिओ बाँडफाँड, ६९ हजारको आवेदन रद्द, यी ४ तरीकाबाट हेर्न सकिन्छ नतिजा


काठमाडौं, असार ३१

युनियन लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो । आईपिओमा कुल २१ लाख ८२ हजार ७ सय ७५ जनाको आवेदन परेकोमा ६९ हजार ९ सय ७६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । गोग्य रहेका २१ लाख १२ हजार ७ सय ९९ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफांड गरिएको हो ।

माग भन्दा बढीको आवेदन परकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड भएको हो । कम्पनीको आईपिओ गोलाप्रथाबाट ५ लाख ८० हजार ५ सय जनाले मात्र पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १६ लाख २ हजार २ सय ७५ जना आवेदक हात खाली भएका छन् । कम्पनीले असार २४ गतेदेखि असार २८ गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो ।

कम्पनीले सर्वसाधारणको लागि ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीको लागि र ३ लाख २२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको थियो । बाँकि रहेको ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्।

यी ४ तरीकाबाट हेर्न सकिन्छ नतिजा

कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ । जस अनुसार यूनियन लाइफ इन्स्योरेन्सको वेबसाइट https://unionlife.com.np/, बिकी प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/ र, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

मेरो शेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । रातिसम्ममा नतिजा प्रकाशित हुने बिक्रि प्रबन्धकले जनाएको छ ।