काठमाडौं, साउन ९ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले १२ दिनमै १२ ओटा काण्ड घटाएको छ । सर्वाेच्च अदालतको परमादेश धाराअनुसार प्रधानमन्त्री नियुक्त हुनुभएका देउवाले १२ दिनमा जनताको पक्षमा एउटा पनि निर्णय गर्नुभएको पाइएको छैन भने जनताबिरोधी काम भने एक दर्जन पुगेका छन ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राम्रा काम उल्ट्याएर देउवाले भकाभक नराम्रा कामलाई भने निरन्तरता दिनुभएको हो । देउवाले सरकार सम्हालेलगत्तै सार्वजनिक यातायातको भाडा बढाएर जनतालाई सुशासनको नमुना दिएको छ । जसलाई पहिलो काण्डको रुपमा राखिएको छ ।
प्रधानमन्त्री देउवाले यो समयभित्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेपनि नेपालको चुच्चे नक्साबारे चूसम्म नबोलेको पाइएको छ । भारतीय प्रधानमन्त्री मोदीसँगको टेलिफोन संवादमा देउवाले चुच्चे नक्साबारे कुराकानी गरेको जानकारी स्वयं प्रधानमन्त्रीको निजी सचिवालयले नदिएको हो । जनताटाइम्सले अहिलेसम्म फेला पारेको तथ्यका आधारमा देउवा सरकारले १२ दिनमै १२ काण्ड घटाएको तथ्य फेला परेको हो ।
यी हुन १२ दिनका १२ काण्ड
१. सार्वजनिक सवारीको भाडादरमा २८ देखि ३५ प्रतिशतले बृद्धि ।
२. बालुवाटार जग्गा काण्डका अभियुक्त बिजयकुमार गच्छद्धारलाई १० करोड माग दावी गरिएकोमा १० लाख धरौटीमा रिहा । देउवा आफै बालुवाटार काण्डमा संलग्न ।
३. बिश्वासको मत दिने जसपाका सांसदलाई फ्ल्याट र नगद उपहार ।
४. मापदण्डबिपरित माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई शानका लागि डिएसपीको कमाण्डमा सुरक्षाकर्मी बृद्धि ।
५. कानूनबिपरित पूर्वप्रधानमन्त्री झलनाथ खनालको भारतमा गरिएको उपचारको सम्पुर्ण खर्च बेहोर्ने निर्णय । खनालको उपचारमा खटिएकाहरुको खर्चसमेत सरकारबाटै भुक्तानीको ब्यवस्था ।
६. पदाधिकारी कोटामा बामदेव गौतमकी पत्नी तुलसा गौतमलाई थाहै नभएको खेलको म्यानेजर बनाएर जापानमा घुमघामको ब्यवस्था ।
७. सञ्चालनको अन्तिम तयारीमा रहेको जनकपुर–जयनगर रेलमा ढिलाई । ओलीले गरेको काम किन उदघाटन गर्ने भन्दै प्रधानमन्त्रीकै कारण ढिलाइ ।
८. जग्गा पाउने अवस्थामा पुगेका भूमिहीन सुकुम्वासीमाथि बज्रप्रहार, लालपुर्जा बितरणमा अवरोध ।
९. बलात्कार आरोपी ससुराली खलकका एसएसपी शौरभ राणालाई भावी आइजीपी बनाउने योजनासहित डिआइजीमा बढुवा सिफारिश ।
१०. कोरोना खोपको चरम दुरुपयोग, जनतालाई शास्ती, आफ्ना कार्यकर्तालाई चिया पसलमै कोरोना खोप ।
११. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन बार्तामा चुच्चे नक्साबारे मौन ।
१२. अर्थमन्त्री जनार्दन शर्माद्वारा नेपाल सरकारका सचिवलाई सार्वजनिक रुपमै धम्की, कानून होइन, आफ्नो आदेश नमाने ठीक नहुने चेतावनी ।
प्रतिक्रिया दिनुहोस्