काठमाडौं, साउन २६ । एमाले नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद बैठकबाट गर्ने निर्णय बाहिरबाट भएको भन्दै यति सारो लाचार नबन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले अस्वीकार गरेको निर्णयलाई सत्तारुढ गठबन्धनका नेताहरुले पछि माइन्यूट गरेर निर्णय लिएको भन्दै पोखरेलले यस्तो टिप्पणी गर्नुभएको हो ।
‘मन्त्री परिषदले गर्ने निर्णय पनि क्याविनेट वैठकभन्दा वाहिर राजनीतिक सौदावाजीमा हुन सुरुभएछ । प्रम यति साह्रो लाचार नदेखिए हुने, मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ । सोमवारको मन्त्रिपरिषद बैठकले नेपाल बिद्युत प्राधिकरणमा कुलमान घिसिङ नियुक्तिको प्रस्ताव उर्जामन्त्री पम्फा भुसालले गर्नुभएको र प्रधानमन्त्रीले अस्वीकार गरेको समाचार बाहिर आएको थियो ।
लगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड बालुवाटार पुगेर कुलमानलाई नियुक्त गरेको माइन्यूट गराउनु भएको र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई उर्जा आयोग सरुवा गरिएको समाचार बाहिर आएपछि पोखरेलले यस्तो बताउनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्