जनता टाइम्स

२६ श्रावण २०७८, मंगलवार २०:३४

निर्धक्क भएर कालापानी-लिपुलेक-लिम्पियाधुरा नेपालको हो भन्नसक्ने नेता केपी ओली नै हो : डाक्टर कौटिल्य


काठमाडौं, साउन २६ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा गर्नुभएको सम्बोधनलाई लिएर सामाजिक सञ्जाल निकै तातेको छ । धेरैले ओलीको संसदमा बिपक्षी दलको नेताको हैसियतमा पहिलो सम्बोधनमा आफ्नो प्रतिक्रिया जनाएका छन । डाक्टर बाबुराम भट्टराईदेखि डाक्टर कौटिल्यसम्मले ओलीको सम्बोधनलाई आफ्नो धारणा राखेका छन ।

डाक्टर भट्टराईले ओलीमाथि खनिनु भएको छ भने उहौ सो अभिब्यक्तिलाई धेरैजसोले प्रतिवाद गरेका छन । ओलीले संसदमा गरेको संबोधन निकै दमदार र सशक्त प्रतिपक्षको भूमिका भन्ने अधिकांश रहेका छन भने राष्ट्रियताको सवालमा ओलीसँग तुलना गर्नै नमिल्ने तर्क पनि आएको छ । ओलीले सत्तामा रहँदा होस वा बिपक्षमा रहँदा होस राष्ट्रियता तथा भौगोलिक अखण्डताको सवालमा बोलेको प्रत्येक अभिव्यक्तिमा राष्ट्रियता झल्किने ठोकुवा पनि बुद्धिजिवीहरुले गरेका छन ।

त्यसमध्येका एक डाक्टर कौटिल्लयले लेख्नुभएको छ, ‘आफू सत्तामा हुँदा होस या सत्ता बाहिर हुँदा होस ! निर्धक्क भएर कालापानी, लिपुलेक तथा लिम्पियाधुराको भूभाग हाम्रो हो भन्न सक्ने नेता केपी ओलि नै हो। उनिसँग सयौं असहमति होलान् तर राष्ट्रियता तथा भौगोलिक अखण्डताको सवालमा उनले बोलेको प्रत्येक अभिव्यक्तिमा राष्ट्रियता झल्किन्छ ।’ डाक्टर कौटिल्यको यो निश्कर्षमा धेरैजसो सहमत देखिएका छन । अन्य नेताले ओली जसरी कुरा राख्ने हिम्मत नै नगरेको उहाँको भनाईको निश्कर्ष रहेको छ ।

संसदमा सम्बोधनको क्रममा एमाले अध्यक्ष ओलीले ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको जमिन हो, फिर्ता गर्नुपर्छ भनेर किन नलेखेको ? किन समस्या भनेको ? त्यो भूमि हाम्रो हो, समस्या होइन’ भन्नुभएको थियो ।