जनता टाइम्स

१ भाद्र २०७८, मंगलवार १७:५६

आज ३२७४ जनामा संक्रमण, २७ जनाको मृत्यु, उपत्यकामा १०३३ जनालाई पोजेटिभ


काठमाडौं, भदौ १ । पछिल्लो २४ घण्टामा १७ हजार ६८९ जनाको कोरोना परीक्षण हुँदा ३२ सय ७४ जनालाई संक्रमण पुष्टि भएको छ । ११ हजार ५६५ पीसीआर र ६१ सय २४ एन्टीजेन गरि १७ हजार ६८९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी १९ सय २९ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ । आज थपिएकामध्ये काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ गरि उपत्यकामा १०३३ जनालाई पोजेटिभ देखिएको छ । २४ घण्टामा देशभर १ लाख ४४ हजार ५२८ जनाले कोरोना विरुद्धको खोप पाएका छन् । अहिले सक्रिय संक्रमित ३९ हजार ८७१ रहेका छन् । ७९० जना आइसियु र १९१ जना भेन्टिलेटरमा उपचाररत छन् ।