लन्डन, (एजेन्सी), भदौ ७ । आर्सनल अहिले ‘कठिन तथा अभूतपूर्व’ अवस्थामा रहेको छ । कारण, क्लब इतिहासमै खराव सुरुवात छ । उत्तर पश्चिम लन्डन डर्बीमा चेल्सीसँग पराजित भएपछि आर्सनल यो अवस्थामा आएको हो । प्रिमियर लिगको यस सिजनमा आर्सनल लगातार दोस्रो खेलमा पराजित भएको छ, त्यो पनि बिना गोल । क्लबले इतिहासमा यो पहिलोपटक यो अवस्था व्यहोरेको हो ।
नयाँ सिजन २०२१/२२ को पहिलो खेलमा आर्सनल नवप्रवेशी क्लब बे्रन्ट फोर्डसँग र दोस्रो खेलमा चेल्सीसँग समान २–० गोल अन्तरले पराजित भयो । उसको पक्षमा एक गोलसमेत छैन ।‘मलाई लाग्दैन कि क्लबको इतिहासमा पहिलोपटक सामना भएको हो’, आर्सनलको म्यानेजर अर्टेटाले भने, ‘हामीले सामना गर्नुपर्छ । यो लिग र टेबलको निर्णय अगस्टमै गरिएको छैन ।’
यसै सिजन पुनः कीर्तिमानी रकम ९७ दशमलब ५ मिलियम पाउन्डमा इन्टर मिलनबाट चेल्सी आएका रोमेलु लुकाकु र र रीस ग्रिसको गोलसँगै चेल्सीले दोस्रो सातामा आफूलाई शीर्षस्थानमा राखेको छ । आर्सनल अहिले रेलिगेशन जोनमा छ । सन् १९९२ पछि आर्सनल पहिलोपटक यो अवस्थामा पुगेको हो । टोलीको सदस्यमा अहिले केही कोभिड–१९ तथा केही खेलाडी चोटका कारण दुई हप्ता बाहिर छन् ।
अर्टेटा भन्छन् ‘तपाईहरुले यो समस्या र अवस्था बुझ्नुपर्छ । हामीले नौ खेलाडी गुमाएका छौँ । यो नौ खेलाडी मात्रै हैन, उनीहरु ठूला र प्रभावशाली खेलाडी हुन् ।’यसैबीच आर्सनलले अर्काे साता साविक विजेता म्याचेष्टर सिटीसँग खेल्दैछ । जुन सिटीको मैदानमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्