जनता टाइम्स

१२ भाद्र २०७८, शनिबार ०९:५२

आइफोन-१३ को चार वटा नयाँ मोडेल सेप्टेम्बर १४ मा सार्वजनिक गर्ने एप्पलको तयारी


काठमाडौं, भदौ १२ । एप्पल कम्पनीले बहुप्रतिक्षित आइफोन–१३ अर्को महिना सार्वजनिक गर्ने तयारी गरेको छ । पछिल्लो रिपोर्टअनुसार अमेरिकी मल्टिनेसनल कम्पनीले आफ्नो सर्वाधिक चर्चित र सफल ग्याजेटको नयाँ मोडेल आगामी सेप्टेम्बर १४ मा सार्वजनिक गर्ने तयारी गरिरहेको हो । आइफोनको नयाँ मोडलका लागि प्रि–बुकिङ सेप्टेम्बर १७ देखि सुरु गरिने छ भने सेप्टेम्बर २४ देखि बजारमा पठाउने कम्पनीको तयारी छ ।

गिज्मोचाइनाले हिजो जारी गरेको रिपोर्टअनुसार एप्पपलका आइफोन १३ चिनियाँ ई–कमर्स वेबसाइटहरूमा सूचीकृत भइसकेका छन् । एप्पपले आइफोन १३ मा चार वटा नयाँ मोडेल सार्वजनिक गर्ने अनुमान गरिएको छ । यसमा ५.४ इञ्चको आइफोन १३ मिनी, ६.१ इञ्चको आइफोन १३, ६.१ इञ्चको आइफोन १३ प्रो र ६.७ इञ्चको आइफोन १३ प्रो म्याक्स हुन सक्ने बताइएको छ ।