दार्चुला , भदौ १२ । पहिरोले महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर खलंगा सडक अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका–६ दुल्ली गाड क्षेत्रमा सडक माथिबाट खसेको पहिरोले एक सय मिटर सडक पुरिएपछि यातायात सेवा बन्द भएको प्रत्यक्ष दर्शी रबिता धामीले बताउनुभयो ।उक्त सडकमा यात्रा गर्ने यात्रुहरुका अनुसार सडक यति समयमा नै खुल्छ भन्ने अनुमान नै छैन ।
यता गएरातीको वर्षाका कारण पहिरो खसेर मालिकार्जुन गाउँपालिकाअन्तर्गत पर्ने सडकसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । विहनैदेखि खसेको पहिरो पन्छाउन दुई एक्स्काभेटर लगाईएको छ। दार्चुला सदरमुकामबाट गौरा पर्वको लागी गाउँ हिँडेका सवारी साधन बीच बाटौमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । जिल्लाबाट बाहिर जाने र भित्रिने छोटो तथा लामो दूरीका सवारी साधन पूर्ण रुपमा बन्द भएका छन् ।













प्रतिक्रिया दिनुहोस्