लमजुङ, १५ भदौ । लमजुङमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा राइनास नगरपालिका–९ का २२ वर्षीय सुधिन आले रहेका छन् । सुरज थापाले खुकुरी प्रहार गर्दा आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार आलेलाई थापाले लुकेर खुकुरी प्रहार गरेको प्रहरी श्रोतको जनाएको छ । खुकुरी प्रहारपछि भरतपुर हस्पिटल लैजादै गर्दा आलेको मृत्यु भएको हो । मृतक आलेको टाउको र हातमा गम्भीर चोट लागेको थियो । आलेलाई खुकुरी प्रहार गर्ने सुरज फरार छन् । फरार थापा ट्याक्टर चालक भएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्