जनता टाइम्स

२२ भाद्र २०७८, मंगलवार २१:३९

के हो सेक्स टोय ? यसबाट पनि सर्छ यौन रोग ?


काठमाडौं, भदौ २२ । के हो सेक्सटोय ?

सेक्सटोय भनेको यौनखेलौना हो । सामान्य भाषामा भन्दा यौनजन्य क्रियाकलापका लागि प्रयोग गरिने कृत्रिम यौनअंग । आफ्नो विपरीत लिंगी (सेक्स पार्टनर) को अभावमा पनि यस्ता कृत्रिम अंगको प्रयोगद्वारा एक्लै सम्भोगको आनन्द लिन सकिने साधन नै सेक्सटोय हो । यौन आवश्यकतालाई दमन गर्नुभन्दा यौन पार्टनरको गैरहाजिरीमा आफ्नो यौनिक आवश्यकतालाई कृत्रिम तरिकाबाटै भए पनि यसले पूरा गर्ने हुँदा आफ्नो यौन आवश्यकता पूरा नहुँदा हुन सक्ने कुण्ठा, यौनरोग, एचआईभी र मानसिक छटपटीलाई पनि यसले नियन्त्रण गर्ने गरेको यस विषयका विभिन्न अध्ययनहरुमा उल्लेख छ ।

नेपाली समाजमा बढिरहेको खानपान र वातावरणले किशोरावस्थाबाटै जाग्न थालेको यौनचाहनालाई पूरा गर्न यौनहिंसा, बलात्कारजस्ता आपराधिक क्रियाकलापका लागि सेक्सटोयले जोगाउँदछ । आफ्नो आवश्यकता पूरा गर्न बलात्कारजस्तो जघन्य अपराधबाट जोगाउँने यो सकारात्मक पक्ष भएको सरोकारवालाहरु धारणा व्यक्त गर्दछन् । चिकित्सकका अनुसार सेक्सटोयको साझा प्रयोगले भने विभिन्न नकरात्मक समस्या आएको छ । कतिपयले साझा प्रयोग गरेर यौनरोग, छाला रोग निम्त्याएका छन् ।

एउटा सेक्सटोय एकजनाले मात्रै प्रयोग गर्ने हो भने यस्तो रोग लाग्ने समस्या हुँदैन । यौनखेलौना यौनसुख पाउन सहयोगी हुने भए पनि पूर्ण हानिरहित भने नहुन सक्ने हुनाले यसको सावधानी पुर्वक प्रयोग गर्नु आवश्यक भएको चिकित्सक सुनाउँछन् । सावधानी नअपनाई यसको प्रयोग गरेमा यौनांगमा चोटपटक लाग्ने समेत खतरा बढ्छ । त्यस्तै बजारमा कतिपय यौनखेलौना गुणस्तरहीन हुने हुँदा त्यसले झनै दीर्घकालिन असर हुने समस्या हुन्छ । त्यसैले त्यस्ता प्रोडक्ड तपाई किन्दै हुनुहुन्छ, वा छान्नुपर्दा उच्च गुणस्तरीय भएका छान्नु आवश्यक छ ।