जनता टाइम्स

२८ भाद्र २०७८, सोमबार २२:१०

विप्लवलाई पृथ्वीनारायण शाहको तस्विर उपहार


काठमाडौ, भदौ २८ । आज खुल्लामञ्चमा विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन .(एमसीसी) को विरुद्धको बृहत सभामा बोल्दै गर्दा विप्लवलाई पृथ्वीनारायण शाहको तस्विर उपहार दिएका हुन् । नेपालका लागी नेपाली पार्टीका संस्थापक अध्यक्ष डाक्टर सुरेन्द्र भण्डारीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव) लाई पृथ्वीनारायण शाहको तस्विर उपहार दिनुभएको हो । डाक्टर भण्डारीले भन्नुभो , साना(साना राज्यलाई जोडेर सिङ्गो नेपाल राष्ट्र निर्माण पृथ्वीनाराय शाहले गर्नु भएको थियो, त्यही मुलुक आज गम्भिर संकटमा परेको छ । राष्ट्रघाति एमसीसी लगायतका सम्झौताहरुले देशको अस्थित्व खतरामा परिरहेको बेला छ, अब यो खतराबाट बचाउन विप्लवले नेतृत्व लिनुपर्ने र राष्ट्र र राष्ट्रियताका सवालमा कुन पार्टी र के विचार भनि फरक(फरक कित्ताकाट नगरी एउटै शक्तिमा उभिएर लाग्नु पर्ने बताउदै उक्त तस्विर दिनुभएको हो ।