काठमाडौँ, असोज १। नेकपा एमालेका नेता राजन भट्टराईले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘इतिहासकै निकम्मा’ भन्नुभएको छ । विगतमा पनि यति निकम्मा सरकार नभएको र भविष्यमा पनि नहुने भन्दै उहाँले देउवा सरकारलाई जनता र राष्ट्रप्रति अहिलेसम्मकै अनुत्तरदायी सरकारको आरोप लगाउनुभएको छ ।
देशमा महामारी, विपत्ति र विदेशी चलखेल बढ्दा पनि सरकारले केही गर्न नसकेको उहाँको भनाइ छ । ‘मुलुक महामारीबाट ग्रस्त छ, प्राकृतिक विपत्तिबाट जनधनको क्षति भइरहेको छ, आन्तरिक मामलामा विदेशि दखल बढ्दो छ’, भट्टराईले भन्नुभएको छ , ‘तर अदालतको परमादेशबाट बनेको सरकार यी कुनै विषयप्रति गम्भीर छैन । सायद यो खालको निकम्मा, जनता र राष्ट्रप्रति यति अनुत्तरदायी सरकार विगतमा पनि थिएन, भविष्यमा पनि हुने छैन ।’













प्रतिक्रिया दिनुहोस्