जनता टाइम्स

९ असार २०७६, सोमबार ११:२०

सरसफाईको लागी निःशुल्क डस्विन वितरण गरिदै


काठमाडौं, असार ९

काठमाण्डौं उपत्यकालाई लक्षीत गरि भोला, करेन्ट पान मसाला र रोट्रयाक्स क्लब अफ रुद्रमती को सयुंक्त आयोजनामा सर–सफाइ अभियान सुरु गदै आइरहेको छ ।

काठमाण्डौ उपत्यका जथाभावि फोहर भएका कारण सरसफाई गर्ने उदेश्यले सुर्ति, चुरोट, चाउचाउ, बिस्कुट लगायतका प्लाष्टीकहरु हिड्ने बाटो रोडमा जथाभावि फाल्नेहरुको लागी भोला, करेन्ट पान मसाला र रोट्रयाक्स क्लब अफ रुद्रमती को सयुंक्त आयोजनामा डस्विन वितरण गरिएको छ ।

बिशेष त काठमाण्डौं उपत्यका रिङरोडलाई लक्षीत गरि संचालन गरिएको यो डस्विन वितरण कार्यक्रम वातावरण सफा स्वच्छ राख्नको लागी प्लास्टीक आदि इत्यादि नकुईने बस्तुहरु डस्विन मा हालेर ब्यवस्थापन गर्ने उदेश्यले यस कार्यक्रम संचालन गरिएको हो ।

जथाभावी फोहर नफालौ सभ्य बनौ भन्ने मुल नाराका साथ उक्त कार्यक्रम २०७६–०२–२५ गते देखि संचालन गदै आइरहेको छ ।

रिङरोड एरियामा पर्ने कलंकी मा निःशुल्क डस्विन वितरण गरि सकेको र २०७६–०३–०७ गते रिङरोड एरियामा पर्ने तिनकुने मा निःशुल्क डस्विन वितण गरेको छ । स्थानीय बासिन्दा, प्रहरी, रोट्रयाक्स क्लब अफ रुद्रमतीका यूवाहरुको सहभागिता थियो ।

श्रीराम टोबाको र करेन्ट पान मसालाका बाग्मती अञ्चलका जेनेरल सेल्स म्यानेजर अनुपभद्र खनालले काठमाण्डौं उपत्यका फोहर रहित बनाउने उद्देश्यका साथ निस्वार्थ भावनाले ५ सय डस्विन वितरण गर्ने र पहिलो दिन कलंकीबाट सुरु गरेको थियौ र शनिवार तिनकुने मा वितण गरेको बताउनु भयो । अब आउने दिनमा पनि यस काठमाण्डौ उपत्याकालाइ यस्तै सर–सफाई कार्यक्रमका योजनाहरु अगाडी बढाउने लक्ष्य लिएको बताउनु भयो ।