काठमाडौँ , कार्तिक ७ । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा कुनै दलसँग चुनावी गठबन्धन नहुने बताउनुभएको छ । गत निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्दा कांग्रेसले क्षति बेहोरेको स्मरण गर्दै थापाले चुनावी गठबन्धन बनाउने पार्टीको चरित्र नभएको बताउनुभयो ।
‘एक्लै चुनाव लड्छौं र आफ्नो तागतले लड्छौं’, थापाले धादिङको एक कार्यक्रममा कार्यकर्तालाई भन्नुभयो , ‘हामीले चुनाव नजितेको स्थानमा जित्ने सुर्वण अवसर आएको छ।’स्थानीय कार्यसमितिले नै तल्लो तहमा गठबन्धन बनाउने सहमति गरिएमा त्यसलाई मान्यता प्राप्त हुनसक्ने उहाँले बताउनुभयो ।
‘तल्लो तहमा हामी मिलेर चुनाव लड्छौं भन्ने कुरा भयो भने त्यसलाई सदासयताका रुपमा लिने एउटा कुरा हो’, थापाले भन्नुभयो , ‘पार्टीले माथि (केन्द्रमा) चुनावमा गठबन्धन गरेर जाँदैन। चुनावमा गठबन्धन गर्ने कांग्रेसको चरित्र नै होइन। चितवनमा हामीले देखिसक्यौं।’













प्रतिक्रिया दिनुहोस्