इटहरी, कात्तिक ८ । इटहरी उपमहानगरपालिका वडा नम्वर १४ का वडाअध्यक्ष रमेश चौधरीले पचास लाख भन्दा वढीको साढे २१ धुर जग्गा वडा कार्यालय भवन निर्माणका लागि प्रदान गर्नुभएको छ । स्वर्गीय पिता उमालाल चौधरीको स्मृति र आमा चेपरी देवी थरुनीको नाममा वडाध्यक्ष चौधरीले सो जग्गा प्रदान गर्नुभएको हो ।
वडाध्यक्षले उपलब्ध गराएको सोही जग्गामा उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले आज वडा कार्यालय भवन शिलान्यास गर्नुभएको छ । १ करोड २२ लाख,५२ हजार २सय ३१ रुपियाँको लागन अनुमान रहेको वडाकार्यालय भवन निर्माण कम्पनीले ७८ लाख ८३ हजार २सय २३ रुपियाँमा सकार गरेर निर्माण सुरु गरिएको उपमहानगरपालिकाका इन्जिनियर अरुण राजलवजले जानकारी दिनुभयो ।
शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख चौधरीले अहिलेका जनप्रनिधिले वन्न लागेको भवनवाट सेवा दिएरै विदा हुने गरि भवन निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । निर्माण समाग्री र निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने प्रमुख चौधरीले वताउनुभयो । सो अवसरमा उहाँले वडामा वाढिले भत्काएका वाटोहरु तिहार अघिनै वनाइसक्न निर्देशन दिनुभयो ।

वडाध्यक्ष रमेश चौधरीले पछाडीएका ठाँउहरुमा सवैले आ आफनो ठाँउवाट योगदान गर्न सके विकासमा टेवा पुग्ने वताउनुभयो । निर्माण सुरु गरिएको भवन पूरा भएपछि सो भवनवाट जनताले छिटो छरितो सेवा पाउने विश्वास जनाउनुभयो । वडा सदस्य दुःखी लाल चौधरीले समयमै वडा कार्यालय भवन निर्माण हुनु पर्नेमा जोड दिनुभयो । ठेकेदार कम्पनी अग्नि एण्ड सन्स झापाका नरेन्द्र चौलागाईले समयमै भवन निर्माण सक्ने प्रतिवद्धता जनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्