जनता टाइम्स

१० असार २०७६, मंगलवार १२:०२

पर्यटन क्षेत्रको वजेट घटेको होईन, स्थानिय निकायमा गएको होः मन्त्री बस्नेत


काठमाडौं, असार १०

वन तथा वातावरणमन्त्री शक्ति वहादुर बस्नेतले नेपालको पर्यटन क्षेत्रको विकासमा सामुहिक प्रयास आवश्यक रहेको बताउनु भयो । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को छैठौं अधिवेशन कार्यक्रममा बोल्दै सरकार, व्यवसायी र स्थानिय जनसमुदायको संयुक्त प्रयासले पर्यटनको विकास सम्भव हुने बताउनु भएको छ ।

“कहिलेकाँही व्यवसायी र स्थानिय समुदायको विचमा कसले अधिकार वढि पाउने भन्नेमा द्धन्द्ध ह्ने गरेको छ”–मन्त्री बस्नेतले भन्नुभयो –“सरकार सवैलाई समन्वय गरेर अगाडी बढ्छ ।” मन्त्री बस्नेतले पर्यटन क्षेत्रको वजेट घटेको नभई कतिपय कार्यक्रमहरु प्रदेश र स्थानिय निकायमा गएका कारण त्यस्तो देखिएको बताउनु भयो ।

त्यस्तै नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज बैद्यले नेपालमा सही कुरा भन्दा नकारात्मक कुराहरुको वढि प्रचार हुने गरेको बताउनु भएको छ । बैद्यले नेपाल भ्रमण वर्षको तयारीका लागी आँफुहरुले काम गरिरहेको जानकारी दिनुभयो ।