काठमाडौं, असोज ३१ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैंटेपाटीमा भारतीय नम्बर प्लेटको ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार ९ वर्षीय बालकको मृत्यु भएको छ। दुर्घटनामा उनका आमाबुवा घाइते भएका छन्।
प्रहरीका अनुसार काठमाडौंँबाट बनेपातर्फ जाँदै गरेको ग्यास बुलेटले सोही दिशामा गइरहेको बा.प्र.०२०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई आज बिहान ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका खोटाङको सन्धिखर्क गाउँपालिका–६ का चन्द्र बुढाथोकीका छोरा जुवासलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
घाइते बुढाथोकी दम्पतीको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
ग्यास बुलेटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।














प्रतिक्रिया दिनुहोस्