जनता टाइम्स

११ असार २०७६, बुधबार १२:२१

काठमाडौँ काङ्ग्रेसको उपसभापतिमा माली


काठमाडौं, असार ११

नेपाली काङ्ग्रेस काठमाडौँको उपसभापतिमा विजय माली हुनुभएको छ । काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँको अध्यक्षतामा आज बिहान बसेको बैठकले मालीलाई उपसभापतिमा मनोनयन गरेको हो ।

कार्यसमितिको सचिवमा शङ्कर मल्ल ठकुरी र सहसचिवमा रोेमेल श्रेष्ठ हुनुभएको काङ्ग्रेस काठमाडौँका सदस्य युपी लामिछानेले जानकारी दिनुभयो । काठमाडौँ काङ्ग्रेस यसअघि नै रिक्त सदस्य मनोनयन गरे पनि पदाधिकारी भने मनोनयन गर्न बाँकी रहेको थियो ।

उक्त पदमा मनोनयन भएसँगै काठमाडौँ काङ्ग्रेस जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । नवनियुक्त पदाधिकारीलाई आजै काङ्ग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बधाई तथा शुभकामना दिनुभएको छ ।