जनता टाइम्स

१९ कार्तिक २०७८, शुक्रबार १३:०३

प्रचण्डको बिलाप : माओवादीलाई सवैले हेप्न थाले



काठमाडौं, कात्तिक १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र वाइसिएललाई सवैले हेप्न थालेको गुनासो गर्नुभएको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले आफूहरु सवैको हेपाइमा पर्न थालेको बिलाप गर्नुभएको हो ।

प्रचण्डले सामान्य गुण्डाले समेत माओवादी र वाइसिएललाई हेपेको गुनासो गर्नुभयो । कुनै समय चन्दा असुली र कुटपिटमा साम्राज्य विस्तार गरेको वाइसिएलको गतिबिधि नेकपा एमालेको भ्रातृ संगठन युवा संघले महेश बस्नेतको नेतृत्वमा युथ फोर्स परिचालन गरेर समाप्त पारिदिएको थियो । महेशको कमाण्डमा रहेको युथफोर्सले त्यतिखेर वाइसिएलको हतियारसहितको गतिबिधिलाई लाठी र मुठीकै भरमा नियन्त्रणमा लिएको थियो ।

बिहीबार बस्नेतकै गृह जिल्ला पुगेका बेला प्रचण्डले सामान्य गुण्डाले समेत माओवादी र वाइसिएललाई हेपेको भन्दै गुनासो गरेका हुन । प्रचण्डले भन्नुभयो, ‘माओवादीलाई हेप्न थाले, काम न काजका गण्डाहरुले पनि सजिलै माओवादीलाई हेप्ने, वाइसिएललाई हेप्ने गर्न थाले ।’