जनता टाइम्स

२२ कार्तिक २०७८, सोमबार ०९:२६

एमाले अध्यक्ष ओली आज विराटनगर जाँदै


काठमाडौँ, २२ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) विराटनगर जाँदै हुनुहुन्छ । पार्टीको मोरङ जिल्ला कमिटीले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन ओली विराटनगर जान लाग्नुभएको हो ।

पूर्वप्रधानमन्त्री ओली काठमाडौंबाट बिहान ११ बजे यती एयरको जहाज चढेर विराटनगर जाने कार्यक्रम रहेको छ । विराटनगरमा उहाँले नेतारकार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । एमाले मोरङको पार्टी कार्यालयमा हुने कार्यक्रममा ५ हजारभन्दा बढी नेता/कार्यकर्ता सहभागी हुने एमाले मोरङको दाबी छ । अध्यक्ष ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको एमालेले जनाएको छ ।