जनता टाइम्स

२३ कार्तिक २०७८, मंगलवार १०:४५

राष्ट्रिय जनगणना : भोलिदेखि मूल गणना, छुटेकाले तथ्यांक विभागमा सम्पर्क गरी टिपाउन सक्ने


काठमाठौं, २३ कात्तिक । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलिबाट मूल गणना हुने भएको छ । ९ मंसिरसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिनुभयो । मूल गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन् । नेपालमा हरेक १०–१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ ।

यसअघि ३० भदौबाट सुरु भएको सूचीकरण १८ असोजसम्म चलेको थियो । छुटेका व्यक्ति तथा परिवारले केन्द्रिय तथ्यांक विभागमा सम्पर्क गरी टिपाउन सक्नेछन् । तथ्यांक विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो। तर, कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि जनगणना स्थगित भएको थियो ।