काठमाडौं, ३ मंसिर । आफ्नो खातामा पर्र्याप्त पैसा छैन भन्ने थाहा हुँदाहुँदै सिद्धार्थ बैंकको चेक दिने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ् जिल्ला फुङिलङ न.पा. वडा नं। ११ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३, ठुलोभंगाल, चपली बस्ने ४६ वर्षका अन्दीराम इजम लिम्बू रहेका छन् ।
२०७४ पौष २८ मा सिद्धार्थ बैंकको चेक काटी दिएको कसूरलाई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत पाटनले २०७६ मंसिर १० मा ३० लाख जरिवाना र ५ दिन कैद सजाय सुनाएको थियो ।
अदालतको आदेशपछि फरार रहेका उनको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले नयाँठिमीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।













प्रतिक्रिया दिनुहोस्