जनता टाइम्स

१३ असार २०७६, शुक्रबार ०८:५६

ईपीएसको नतिजा प्रकाशन, १२ हजार १५ जना उत्तिर्ण


काठमाडौं, असार १३

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानेले दिएको भाषा परिक्षाको नतिजा सार्वजनिक भएको छ । गत जेठ महिनामा भएको कोरियन भाषा परीक्षाको नतिजा आज विहान प्रकाशन भएको हो ।

नतिजा अनुसार १२ हजार १५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । यो कोरियाले कामदारका रुपमा लैजान निर्धारण गरेको कोटा भन्दा २ हजार बढी हो । परीक्षा दिने परीक्षार्थीमध्ये कृषिका लागि ३७ ल्याउने पास भएका छन् भने उत्पादनमूलक क्षेत्रका लागि परीक्षा लेख्ने ३८ ल्याउने पास भएका छन् ।

कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका ९२ हजार ३ सय ५६ जना परीक्षार्थीमध्ये ८४ हजार २ सय १५ जना भाषा परीक्षामा सहभागी भएका थिए । आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ । यस परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार छनोट गरी लैजान भएको हो ।

नतिजा हेर्न यहा क्लिक गर्नुहोस्