बुटवल, मंसिर १३ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट लुम्बिनी प्रदेशका दुई पदाधिकारीसहित १७ जना केन्द्रीय कमिटीमा निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेमा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली हुनुहुन्छ ।
भूगोलतर्फ खुलामा ६ जनाको कोटा रहेकोमा ६ जनाको मात्र उम्मेदवारी परेपछि सबै निर्विरोध भएका छन् । निर्विरोध हुनेमा खेममान खड्का, दिनेश पन्थी, नवीन रोका मगर, भूमिश्वर ढकाल, लीला गिरी र हरि रिजाल रहनुभएको छ । त्यस्तै तीन जना महिला कोटामा तीन जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू पनि निर्विरोध भएका छन् । निर्विरोध हुनेमा मेनका पोखरेल, सरिता खनाल भुसाल र सावित्रा अर्याल रहेको एमालेको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
त्यसैगरी कोमल ली, दिपा शर्मा रुपाखेती, शान्ता चौधरी, गोमा आचार्यसहित एक दर्जन केन्द्रीय सदस्य महिला खुलातर्फ निर्बिरोध हुनुभएको छ । श्रमिकको कोटाबाट कमल गौतम पनि केन्द्रीय सदस्यमा निर्विरोध हुनुभएको छ ।
त्यस्तै केन्द्रीय अनुशासन आयोगको उपाध्यक्षमा नेत्रप्रसाद पन्थी पनि निर्विरोध हुनुभएको छ । सदस्यमा झपेन्द्रबहादुर जिसी, डा. कृष्ण न्यौपाने र तुलसीप्रसाद चौधरी पनि निर्विरोध हुनुभएको छ । केन्द्रीय लेखा आयोगको उपाध्यक्षमा विष्णु पन्थी पनि निर्विरोध हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्