जनता टाइम्स

१४ मंसिर २०७८, मंगलवार १०:३३

एमाले महाधिवेशन : अन्तिम चरणमा पुग्यो मतदान, २ हजार ७२ मत खस्यो


चितवन, मंसिर १४ । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान लगभग सकिएको छ । निर्वाचन समितिका सदस्य बाबुराम दाहालका अनुसार अहिलेसम्म २ हजार ७२ मत खसेको छ । एमाले महाधिवेशनमा २१ सय ५३ जना मतदाता रहेका छन ।

मतदानका लागि साँढे १० बजेसम्मकाृ समय तय गरिएको थियो । सोहीअनुसार मुल गेट बन्द गरिएको छ । बाँकी मतदाता हलभित्र प्रवेश गरिसकेको दाालले बताउनु भयो । आज मंगलबार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो ।

एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई भीम रावलले चुनौती दिनुभएको छ । यस्तै६ जना उपाध्यक्षका लागि सात जना र सात सचिवका लागि नौ जनाले उम्मेदवारी दिएका छन् । यस्तै पुरुषतर्फको ८४ जना खुला केन्द्रीय सदस्यका लागि एकसय जना उम्मेद्वार रहेका छन ।