जनता टाइम्स

१४ मंसिर २०७८, मंगलवार १५:१९

महाधिवेशन स्थलमै पुगेर एमाले प्रवेश गरे दार्चुलाका कांग्रेसका हस्तीहरु


चितवन, मंसिर १४ । नेपाली कांग्रेस दार्चुलाका प्रभावशाली नेताहरु एमाले प्रवेश गरेका छन । एमालेको दशौं महाधिवेशन स्थल शौरहामा आएर दार्चुला कांग्रेसका तीन जना प्रभावशाली नेताहरु आफ्नो टीमसहित एमाले प्रवेश गरेका हुन ।

उहाँहरुलाई एमालेको दशौं महाधिवेशनबाट सर्वाधिक मतका साथ अध्यक्षमा निर्वाचित हुन लाग्नुभएका केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको छ । प्रवेश गर्नेहरुमा मदन सिं धामी, नरेश सिं धामी, राजेन्द्र सिं धामी हुनुहुन्छ । नवप्रवेसीहरुले केपी ओली र एमालेको नेतृत्वमा मात्रै मुलुकको समृद्धि हुने र राष्ट्यिता जोगिने निश्चित भइसकेको कारण आफूहरु कांग्रेससँगको आवद्धता त्यागेर एमाले रोजेको बताउनु भयो ।