काठमाडौं, मंसिर १६ । सत्तारुढ गठबन्धनले न्यायपालिकामाथि ठाडो हस्तक्षेपको नीति अघि सारेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई कामू प्रधानन्यायाधीश तोक्न दवाव दिएर सत्तारुढ गठबन्धनले न्यायपालिकामाथि हस्तक्षेप गरेको हो ।
प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाएर हटाउने प्रक्रियामा अघि बढाउन सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवामाथि दबाब बढाइरहेकै बेला गठबन्धनकै तर्फबाट न्यायालयमाथि हस्तक्षेपको नीतिअनुसार प्रधानन्यायाधीशमाथि दवाव दिएका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले बैठकले प्रधानन्यायाधीश राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको छ । बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाएको हो । सत्तारुढ गठबन्धनको यो आग्रहलाई न्यायपालिकामाथिको हस्तक्षेपकै रुपमा कानून ब्यवसायीहरुले लिएका छन ।
‘प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ’, आजको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो । सत्ता गठबन्धनभित्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधान न्यायाधीश राणालाई जसरी पनि हटाउनु पर्ने अडान गठबन्धनभित्र राख्दै आउनु भएको छ ।
सर्वाेच्चमा गोला प्रक्रियामा इजलाश गठनको प्रकृया अघि बढेपनि नेपाल बार एशोसियसनले सर्वोच्च अदालतमा मुद्दा सुनुवाइमाथिको अवरोध पनि प्रचण्ड र माधवकै डिजाइनमा गरिरहेको तथ्य बाहिर आइसकेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायतका नेताहरू सहभागी हुनुभएको थियो ।
यता माओवादी र नेकपा एस समर्थित वरिष्ठ अधिवक्ता तथा अन्य कानून व्यवसायी र केही पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतबाट राणालाई हट्ने वातावरण बनाउन सत्ता गठबन्धनमाथि दबाब दिइरहेका छन् । माओवादी अध्यक्ष प्रचण्डले बुधबारमात्रै बारसँगको छलफलमा असार २८ गतेको परमादेश जारी गर्न वातावरण बनाउनेहरूको गुन तिर्ने भन्दै सेटिङको रहष्य खोल्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्