जनता टाइम्स

१७ मंसिर २०७८, शुक्रबार ०८:०२

नेपालमा तीन वटा मौसमी प्रणालीको प्रभाव, यी प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना


काठमाडौं, मंसिर १७ । नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ । जसकारण शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना पनि रहेको छ । राति कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीमा हल्का वर्षाको सम्भावना छ ।

शनिबार प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ मंसिर १७ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ। 

राती : कर्णाली,  गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली  रहनेछ। कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी र हिमाली भू-भागको केही स्थानहरूमा  हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

२०७८ मंसिर १८ गते (शनिबार)

दिउँसो : प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ मंसिर १९ गते (आईतबार)

दिउँसो : सुदूर पश्चिम र  कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम र  कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती : सुदूर पश्चिम र  कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम र  कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श (Warning/Advisory for next 24 hours)

सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको र  देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ ।तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिनु हुन समेत अनुरोध छ।