जनता टाइम्स

१७ मंसिर २०७८, शुक्रबार २०:५५

कमल थापालाई ठूलो झडका, राजेन्द्र लिङ्देन समुहमा खुले प्रभावशाली नेता विक्रम पाण्डे


काठमाडौं, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता विक्रम पाण्डे राजेन्द्र लिङ्देन समूहमा खुल्नुभएको छ । राप्रपा महाधिवेशनमा पूर्वमन्त्री पाण्डेलाई कमल थापा र लिङ्देन दुवै समूहले आफ्नो प्यानलमा राख्नुभएको थियो । तर, पाण्डे लिङ्देन समूहमा खुल्नुभएको हो ।

राप्रपामा चार उपाध्यक्ष रहने व्यवस्था छ । पाण्डेलाई लिङ्देन समूहले उपाध्यक्षमा राखेको छ । उता थापा समूहले पनि उनलाई आफ्नो उपाध्यक्षमा राखेको थियो । पाण्डे राप्रपाका प्रभावशाली नेता मानिन्छन् । पाण्डे अन्तिम समयमा लिङ्देनको र्‍यालीमा सहभागी भएर थापासँग आफू नभएको सन्देश प्रवाह गर्नुभएको छ ।