जनता टाइम्स

१७ मंसिर २०७८, शुक्रबार २१:११

झेली काम खारेज होस : गोकुल बाँस्कोटा


काठमाडौं, मंसिर १७ । एमाले नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले झेली काम खारेज होस भन्दै बिपक्षी दलहरुलाई दनक दिनुभएको छ । एमालेको महिाधिवेशन ऐतिहासिक रुपमा सफल भएकोमा खुसी ब्यक्त गर्दै बाँस्कोटाले यस्तो बताउनु भएको हो ।

उहाँले एमाले महाधिवेशनसँगै राप्रपा, कांग्रेस र माओवादीको महाधिवेशनलाई उल्लेख गर्दै झेली काम खारेज होस भन्नुभएको हो ।

‘फुटको पीडा, नेकपाको निरन्तरताको शंसय र लोकतान्त्रिक अभ्यासको प्रश्नलाई असाधारण निरन्तरता, लोकतन्त्रको सरल अभ्यास र अभुतपर्व उत्साहसहितको एकतामा रुपान्तरण गर्दै एमाले महाधिवेशन सकियो। राप्रपाको जारी छ। र,कांग्रेस गोलीवेशन सहित गर्दैछ। प्रचण्ड दरभंगा प्लेनम गर्दै छन। झेली काम खारेज होस,’ बाँसकोटाले भन्नुभएको छ ।