जनता टाइम्स

१८ मंसिर २०७८, शनिबार ०८:३६

त्रिभूवन विमानस्थल बिहानैदेखि बन्द



काठमाडौं, मंसिर १८ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानै देखि बन्द भएको छ । बाक्लो हुस्सु लागेका कारण बिमानस्थल बन्द भएको हो ।
बाक्लो हुस्सु लागेकोले काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं आउने कुनै पनि जहाज उडान र अवतरण नभएको विमानस्थलका

प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो । बास्तोलका अनुसार विदेशबाट आएका जहाजहरु पनि आकाशमै ‘होल्ड’ छन् ।
विमानस्थ्ल नखुल्दा सयौं यात्रुहरु गन्तव्यतर्फ लाग्न नपाएर विमान स्थलमा अलपत्र परेका छन् ।