जनता टाइम्स

१३ असार २०७६, शुक्रबार १३:५८

अर्थमन्त्री खतिवडाले आर्थिक सुधारका कार्यक्रम अघिबढाएकाे भन्दै विश्व बैंकको प्रंशसा


काठमाडौं, १३ असार

अर्थमन्त्रीडा. युवराजखतिवडा संग विश्व बैंकका उपाध्यक्ष तथा महालेखा परीक्षक एन्के डिएन्जेलोले शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

विहिबार अर्थ मन्त्रालयमा भएको सो भेटका अवसरमा अर्थमन्त्री खतिवडाले बैंकका उपाध्यक्षएवं महालेखा परीक्षकलाई स्वागतगर्दै नेपालको विकास प्रयासमा बैंकको निरन्तर सहयोग प्रति धन्यवाद व्यक्तगर्नु भयो ।

 

सन् २०२२ सम्ममा नेपाल विकासशील राष्ट्रको स्तरमा स्तरोन्नति हुने र सन् २०३० सम्ममा कमआय स्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नतिहुने दीर्घकालीन लक्ष्यहासिल गर्न वर्तमान सरकार कटिवद्ध रहेको चर्चा गर्दै यसका लागि बिश्वबैंकको सहयोगको निरन्तरता रहने विश्वास व्यक्तगर्नु भयो ।

विश्ववैंकका तर्फवाट अर्थमन्त्रीको नेतृत्वमा विभिन्न आर्थिक सुधारका कार्यक्रमहरुलाई तिव्रताका साथ अगाडि बढेकोमा प्रशंसा गरियो ।

मुलुकको दीर्घकालीन सोचका बारेमा उपाध्यक्ष तथा महालेखा परीक्षकले राखेको जिज्ञासामा अर्थमन्त्री खतिवडाले विश्व बैंकले आगामी दिनमा पु¥याउन सक्ने थप सहयोगको अपेक्षा सहित नेपालले अवलम्बन गरेका दीर्घकालीन सोंचका बारेमा जानकारी गराउँदै विकासशील राष्ट्रको स्तरबाट स्तरोन्नति हुने मापदण्ड नेपालले करिब–करिब पूरा गरिसकेको जानकारी दिनुभयो । नेपाल सरकारले प्रक्षेपण गरेबमोजिम आगामी केहीवर्ष दिगो रुपमा उच्च आर्थिक बृद्धि हासिल गरी सोको लाभ सन्तुलित रुपमा सबै तह र तप्कामा न्यायोचित वितरण गर्न सकिनेमा विश्वस्त हुन आग्रह गर्नुुभयो ।