जनता टाइम्स

२० मंसिर २०७८, सोमबार १३:२६

नेपालमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि


काठमाडौं, २० मंसिर । नेपालमै अर्को भाइरस ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो । नेपालमा २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

उहाँहरु दुबै जनाको हाल स्वास्थ्यवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ। दक्षिण अर्फिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकोन्स गर्दा ओमनिक्रमन भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिनुभयो ।