जनता टाइम्स

२१ मंसिर २०७८, मंगलवार ०८:५४

आधा घटाइयो आङ साङ सुकीको सजाय


यांगुन, मंीसर २१ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाइएको छ । म्यानमारको अदालतले सुकीमाथिको सजाय आधा घटाएको हो । यसअघि न्यपेतस्थित सेनाको अदालतले दुई विभिन्न अभियोगमा चार वर्ष जेल सजाय सुनाएको थियो ।

उहाँ एक वर्षदेखि घरमै नजरबन्दमा हुनुहुन्छ । उहाँमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उलंघन गरेको अभियोग लगाइएको छ । यसबाहेक उहाँविरुद्ध ११ आरोप लगाइएको छ । सुकीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आउनु भएको छ ।

फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गर्नुभएको थियो । निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले आरोप लगाउँदै आएको छ । सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न आरोपमा मुद्दा लगाउँदै आएको थियो ।