जनता टाइम्स

२२ मंसिर २०७८, बुधबार ०७:२६

आजको मौसम : प्रदेश १ मा हल्का वर्षाको सम्भावना


काठमाडौं, मंसिर २२ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बदली रहनेछ । बिहीबार दिउँसो प्रदेश १ मा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भूभागमा पनि बदली रहनेछ । बिहीबार राति प्रदेश १ र २ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

ुदेशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ,ु महाशाखाले भनेको छ ।