काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसको संस्थापन पक्षले आज केन्द्रीय पदाधिकारीको उम्मेदवार टुंगो लगाउने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकले सभापतिसहित १३ पदाधिकारीको नाम टुंगो लगाएर सार्वजनिक गर्न लागेको हो ।
देउवाले पार्टीको आन्तरिक निर्वाचनमा आफ्नो पक्ष बलियो भएको भन्दै फेरि सभापतिमा उठ्ने घोषणा गरिसक्नु भएको छ । संस्थापन पक्षले १३ पदाधिकारीको अनौपचारिक सूचीसमेत बनाइसकेको छ । तर, त्यो सूची पदाधिकारीमा पार्न लबिइङका लागि हुनसक्ने अनुमान गरिएको छ । बालुवाटारको एउटा पक्षले त्यस्तो सूची अहिले सर्वेक्षणका लागि व्यापक रूपमा प्रचार गरिरहेको छ ।
यो सूचीमा देउवालाइ सहयोग गरिरहेका वर्तमान उपसभापति विजयकुमार गच्छदार र कृष्ण सिटौलाको नाम छैन । गच्छदारमाथि भ्रष्टाचार मुद्दा भएका कारण उहाँको पक्षबाट रामजनम चौधरी र जीतेन्द्र देव सहमहामन्त्रीमा परेको बुढानिलकण्ठ स्रोतको भनाई छ ।
सभापति : शेरबहादुर देउवा
उपसभापति : पूर्णबहादुर खड्का
उपसभापति : डा.प्रकाशशरण महत
महामन्त्री : बालकृष्ण खाँण
महामन्त्री : विश्वप्रकाश शर्मा
सहमहामन्त्री : गोविन्द भट्टराई
सहमहामन्त्री : भिष्मराज आङ्देम्वे
सहमहामन्त्री : मीन विश्वकर्मा
सहमहामन्त्री : महालक्ष्मी उपाध्याय
सहमहामन्त्री : फरमुल्लाह मन्सुर
सहमहामन्त्री : रामजनम चौधरी
सहमहामन्त्री : जीतेन्द्र देव
सहमहामन्त्री : जीवनबहादुर शाही













प्रतिक्रिया दिनुहोस्