जनता टाइम्स

२२ मंसिर २०७८, बुधबार १९:५३

हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षाध्यक्ष रावतसहित सवैको मृत्यु


नयाँ दिल्ली, मंसिर २२ । हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षाध्यक्ष विपनि रावतसहित हेलिकप्टरमा सवार १३ जनाकै मृत्यु भएको छ। भारतीय वायु सेनाले रावत, उहाँकी पत्नी मधुलिका रावतसहित १३ जनाको मृत्यु भएको जनाएको हो।

भारतीय राज्य तमुलनाडुमा आज हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा परी अधिकांशको शव जलेर चिन्न नसकिने अवस्थामा रहेको भारतीय संचार माध्यमले उल्लेख गरेका थिए। राउवसहित केहीलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो। तर उहाँको पनि मृत्यु भएको हो । हेलिकप्टर दुर्घटनाप्रति भारतीय रक्षामन्त्री राजनाथ सिंह लगायतका नेताहरुले गहिरो दुःख प्रकट गर्नुभएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान गर्न आदेश समेत दिइएको छ।

रावत यसअघि पनि हेलिकप्टर दुर्घटनामा परेर बाँच्नुभएको थियो । यसअघि भारतीय स्थल सेनाध्याक्ष रहेका रावतलाई सन् २०२० मा भारतमा नयाँ प्रयोगका रुपमा रक्षाध्यक्ष (चिफ अफ डिफेन्स स्टाफ) बनाइएको थियो ।