काठमाडौंं, २४ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ ।महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा मञ्च तयार पारिएको छ । महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।
महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ । अहिले भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधि पुग्ने क्रम सुरु भएको छ । त्यस्तै नेता, कार्यकर्ता पनि जमघट हुन थालेका छन् । महाधिवेशनमा चार हजार सात सय प्रतिनिधि छन् । प्रतिनिधिहरु काठमाण्डौ आइसकेका छन् ।
भृकुटीमण्डपमा चहलपहल बढेको छ । उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका अतिथिले सम्बोधन गर्ने पार्टी कार्यालयका सचिव डा।प्रदीप पराजुलीले जानकारी दिनुभयो ।कोरोना सङ्क्रमण जोखिमका कारण काठमाण्डौ उपत्यका बाहिरबाट सहभागी नबोलाएको तर प्रतिनिधि र स्वतःस्फूर्तरुपमा आउने कार्यकर्ता भने सहभागी हुने उहाँले बताउनुभयो । मञ्च बाहिर ठूला पाँच वटा डिस्प्ले राखिएको छ ।














प्रतिक्रिया दिनुहोस्