काठमाडौं, मंसिर २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन तोडने कुरा नगर्न नेपाली कांग्रेसका नेताहरुलाई सुझाउनु भएको छ । कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिँदै प्रचण्डले गठबन्धनबाटै आफूहरु अहिलेको अवस्थामा पुगेकोले कांग्रेसले त्यसबिपरित एक्लै हिड्ने कुरा गर्न नहुने भन्दै तोडिएमा सवै सकिने बताउनु भएको हो ।
कुनै पनि पार्टीले एक्लै हिड्ने प्रयत्न गरे अहंकार मात्रै हुने भन्दै प्रचण्डले गठबन्धनको बलबाट प्राप्त शक्ति देख्न भन्नुभयो । अहिले प्राप्त उपलब्ध पनि सामूहिक रुपमा हासिल गरेको र आगामी दिन पनि कसैले एक्लै हिडे अहंकार मात्रै हुने उहाँको भनाई थियो । प्रचण्डले आउँदै गरेको स्थानीय तहको निर्वाचन, प्रदेश र संघको निर्वाचनमा समेत गठबन्धन दलहरु नमिले परिणाम उल्टो हुने भन्दै आफूहरु सकिने संकेत दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्