जनता टाइम्स

२८ मंसिर २०७८, मंगलवार ०५:४४

देउवाको अग्रता कायमै : ६ सय मत गन्दा ७० शेखर भन्दा मतले अगाडि, कस्को कति मत ?


काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि भएको मतदान अन्तर्गत अहिले मतगणना जारी रहेको छ । अहिलेसम्म ६ सय मतगणना हुँदा सभापतिमा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । देउवाले २८८ मत पाउनु भएको छ ।

सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाको २१८ मत आएको छ । यस्तै प्रकाशमान सिंहले ४१ मत प्राप्त गर्नुभएको छ भने विमलेन्द्र निधिले ३९ र कल्याण गुरुङले ४ मत प्राप्त गर्नुभएको छ ।

नेतृत्व चयनका लागि सोमबार राति साढे ११ बजे मतदान सकिएको भएपनि गणना भने आज विहान ४ बजेर ५ मिनेटबाट मात्रै सुरु भएको थियो । नेतृत्व चयनका लागि कांग्रेसका कुल ४७४३ मतदाता रहेकोमा ४६७९ मत मात्रै खसेको छ । ६४ जना मतदाता अनुपस्थित रहेका छन ।